त्रिदेशीय फुटबल प्रतियोगिताका उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

त्रिदेशीय फुटबल प्रतियोगिताका उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्दै

काठमाडौं, १० चैत। आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।

दशरथ रंगशालामा आयोजना हु्ने त्रिदेशीय फुटबल नेपाल, बंगलादेश र किर्गिस्तानबीच हु्न लागेको हो । प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् ।

नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको भनाइ छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने बताइएको छ ।

नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ भने दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ भने लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);