मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, २० कार्तिक । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रिपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ ।

लामो समय पछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहीत देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् ।

यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिए पछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् । नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन ।

मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रम पछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो । 

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारी पछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताउनुभयो । तर महामारीका बीच सुचारु भएको छोटो अभ्यासले मैत्रिपूर्ण खेल निकै चुनौति पूर्ण भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । 

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उहाँले बताउनुभयो । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिनुहुन्छ ।  

अखिल  नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नु अघि टोलीको कोरोना पिसिआर परिक्षण गरेको थियो । उक्त परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता विताएपछि मात्रै मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);