२३ वर्ष मुनिका नेपाली फुटबल खेलाडी कतार प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

२३ वर्ष मुनिका नेपाली फुटबल खेलाडी कतार प्रस्थान

football

काठमाडौं, ५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोहामा हुने छनौट खेलका लागि २३ वर्षमुनिका नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कतारको दाहामा आगामी शुक्रबार चैत्र ८ गतेदेखि १२ गतेसम्म आयोजना हुने एएफसी छनौट खेलका लागि २३ सदस्यीय नेपाली टोलीलाई विदाई गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खुलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नेपाली खेडालीहरुलाई फूलको माला लगाएर विदाई गरे । सन् २०२० मा थाईल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि सो छनौट खेल आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका लागि छनौट भएका नेपाली राष्ट्रिय टोलीमा अविशेक रिजाल, एरिक विष्ट, अन्जन विष्ट, अनन्त तामाङ अमित तामाङ, अर्पण कार्की, असिम भुसाल, विश्वास श्रेष्ठ, विमल घर्तीमगर छन् ।

त्यसैगरी हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा, दिप कार्की र सुनिक बल छन् । यसैबीच, सो खेल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार नै कतार प्रस्थान गरेको छ । समूह ए मा रहेको नेपाली टोलीले घरेलु टिम कतार, ओमान र अफगानिस्तानको सामना गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);