पाँचौ महिला साफ च्याम्पियनसिप: फाइनल प्रवेश गर्न आज नेपाल र श्रीलंका भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाँचौ महिला साफ च्याम्पियनसिप: फाइनल प्रवेश गर्न आज नेपाल र श्रीलंका भिड्दै

saaf

विराटनगर, ६ चैत । विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज हुँदैछ ।

पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका तथा दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश आमने सामने हुने छन् । नेपाल समूह ए को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गर्दा श्रीलंका समूह बी को उप विजेता बनेको थियो । यसैगरी समूह बी बाट विजेता बनेको भारत र समूह ए को बंगलादेश उप विजेता बनेको थियो ।

स्थानीय शहीद रंगशालामा हुने सेमिफाइनलका विजेताले उपाधिका लागि भिडन्त गर्ने छन् । समूह चरणमा नेपालले भुटान र बंगलादेश माथि ३–० को जित निकाल्न सफल भएको थियो । श्रीलंका विरुद्धको खेलमा नेपालले विपक्षीलाई कमजोर रुपमा नलिएको कप्तान निरु थापाले बताएकी छिन् । नेपाल र श्रीलंकाबीचको खेल विहान ११ बजेदेखि शुरु हुनेछ भने भारत र बंगलादेशबीचको खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);