नेपाल साफ महिला फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल साफ महिला फुटबलको फाइनलमा प्रवेश

नेपालद्वारा श्रीलंका ४-० गोलले पराजित

विराटनगर, ६ चैत । नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुँदैछ । नेपालको तर्फबाट खेलको ४२ आैं मिनेटमा पुनम जर्घामगरले पहिलो गोल गरेकी हुन् ।

त्यसैगरी ७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);