साफ महिला च्याम्पियनसिपको उपाधी भारतलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साफ महिला च्याम्पियनसिपको उपाधी भारतलाई

काठमाडौं, ८ चैत । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि भारतले हात पारेको छ । नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै भारत साफ महिला च्याम्पियनसिपको विजेता बनेको हो ।

खेलको २६ औँ मिनेटमा भारतीय खेलाडी डालिमा छिब्बरले फ्रि-किकमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालको तर्फबाट ३३ औं मिनेटमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

मध्यान्तर पछि भएको खेलमा भारत ३-१ ले अग्रता लिन सफल भयो । भारतकी ग्रेस डाङ्मेइले ६३ औं मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ७६ औं मिनेटमा भारतीय खेलाडी अन्जु तामाङले तेस्रो गोल गर्दै ३–१को अग्रता दिलाइन् ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजेबाट खेल सुरु भएको हो । आजको जितसँगै डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको छैटौ च्याम्पियन बन्न सफल भएको छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै पनि खेल हारेको छैन ।

साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५–० र सेमिफाइनलमा बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);