पेनाल्टी सुटआउटमा भारत चुक्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पेनाल्टी सुटआउटमा भारत चुक्यो

काठमाडौं,२८ फागुन । बंगलादेशले आईतवार साफ यु–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश च्याम्पियन भएको हो । निर्धारित समयमा १–१ को बरीबरी भएपछि खेलको निर्णयका लागि टाईब्रेकरतर्पm धकेलिएको थियो ।

भारतका एलिना देवी र दिव्यानीको पेनाल्टी सफल भएन । सौरभी प्रीतिको प्रहार भारतकी गोलकिपर सुरभीकुमार मुन्नी रोक्दै बंगलादेशमाथि दबाब बनाइन् । लगत्तै भारतकी कप्तान स्भेता रानीले गोल गरिन् । तर बंगलादेशकी मरियम बिन्ताले गोल गरिन् । तर भारतको तेस्रो पेनाल्टी प्रहार गर्न आएकी एलिना देविको प्रहार सफल भएन ।

उनको प्रहार बंगलादेशकी गोलकिपर एर्जन बेगमको हातमा छुँदै पोस्टमा ठोकिएर फर्कन पुग्यो । त्यससँगै भारत र बंगलादेश २–२ को अवस्थामा पुग्यो । त्यसपछि बंगलादेशकी थुइनुई मर्माले गोल गर्दा भारतकी बोनिफिलिया शुलाईको पेनाल्टी बंगलादेशी गोलकिपर एर्जनले उत्कृष्ट बचाउ गरिन् । तर बंगलादेशकी अल्पी अक्तेरको पेनाल्टी रोकिएपछि भारतलाई ठूलो राहत मिल्यो । भारतकी अन्विता रघुरमनले गोल गर्दै आफ्नो टोलीको आशा जीवतै राखिन् । बंगलादेशकी साथी मुन्डाले गोल गरिन् ।

तर दिव्यानी लिन्डाको पेनाल्टी रोक्दै बंगलादेशकी गोलकिपर एर्जनले आफ्नो टोलीलाई उपाधि दिलाइन् । भारतले खेलको चौथो मिनेटमा नै अनुस्का कुमारीको गोलबाट अग्रता लिएको थियो । बोनिफिलिया शुलाईले मध्यभागबाट दिएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै अनुष्काले गोल गरेकी हुन् । त्यो गोलसँगै भारतले पहिलो हाफमा १–० को अग्रता लियो । तर, दोस्रो हाफमा भने भारतले अग्रता जोगाउन सकेन । ७० औं मिनेटमा मरियम बिन्ताको गोलबाट बंगलादेश खेलमा फर्कियो । एनन्ना मुर्मुको कर्नर पासलाई मरियमले वान टच गोल गरेकी हुन् । भारतकी कप्तान अर्पिता विश्वासले मरियमलाई कडा निगरानी राखे पनि उनले चतुरतापूर्वक वान टच गोल गरेकी हुन् । त्यससँगै निर्धारित समय १–१ को बराबरीमा टुङ्गियो । यद्यपि, पेनाल्टी सुटआउटमा भने भारत अभागी सावित भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);