नेपाल साफ यु-१८ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल साफ यु-१८ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं, २० असोज । नेपाल साफ यु-१८ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३—२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङलि मिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १—१ गोलको बराबरी खेलेका थिए ।

खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई छक्याएर सुन्दर गोल गरेकी थिइन् । पहिलो हाफमा १—० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन ।

खेलको ६२ औं मिनेटमा भारतकी समिक्षाले गोल गर्दै १—१ को बराबरीमा पुर्याएकी थिइन् । बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);