टि–२० विश्वकप छनोटमा नेपालकाे दाेस्राे जित, मलेसिया ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

टि–२० विश्वकप छनोटमा नेपालकाे दाेस्राे जित, मलेसिया ८ विकेटले पराजित

nepal

काठमाडौं, २० असोज । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक सय रनमा अलआउट भयो । मलेसिया विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछानेले ५ विकेट लिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । म्यानमार विरुद्ध पनि उनले चार विकेट लिएका थिए ।

मलेसियाको दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आज पनि मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो । नेपालले घरेलु टिमको स्कोर ३० रन हुदा पहिलो सफलता हात पार्यो । उसका सेइद इजाजलाई १३ रनमा सन्दिप लामिछानेले पेभेलियन फर्काए ।

त्यसपछि मलेसियाको स्कोर ३६ रन हुदा सन्दिपले नै सुहानलाई ब्यक्तिगत ५ रनमा आउट गरे । त्यसपछि सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएपछि मलेसियाले ७५ रनमा ४ विकेट गुमायो । उनले अहमद फेइजलाई सात रनमा आउट गरे भने मुहम्मद सेहादतलाई खाता खोल्न दिएनन ।

एकपछि अर्को विकेट लिएको नेपालले मलेसियाको स्कोर ८२ रन हुदा ६ विकेट झारेको थियो । जसमा सन्दिपले अरु दुई विकेट लिए । उनले ओपनर साफिक सरिफलाई ४९ रनमा आउट गरे भने विरन्दिप सिंहलाई खाता खोल्ने मौका दिएनन । त्यसपछि फेरी सन्दिपले मलेसियाको स्कोर ८६ रनका हुँदा ब्यक्तिगत पाँचौ विकेट लिए । सन्दिपले ४ ओभरमा २० रन खर्चिदै ५ विकेट हात पारे । नेपालका लागि सोमपालले तीन तथा कप्तान पारस खड्काले पनि एक विकेट हात पारे ।

जवाफमा नेपालले १२ ओभर चार बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको नेपालले मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा आउट भए ।

त्यसपछि विनोद भण्डारी १२ रनमा आउट भएपछि नेपालले ३२ रनको दोस्रो विकेट गमायो । तर त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६९रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । पारसले अविजीत ५२ रन बनाए भने ज्ञानेन्द्रले २७ रनको योगदान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);