आइसीसी महिला टी-२० विश्वकप: नेपालद्वारा मलेसिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइसीसी महिला टी-२० विश्वकप: नेपालद्वारा मलेसिया पराजित

icc

काठमाडौं, ७ फागुन । आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालद्वारा मलेसिया ३४ रनले पराजित भएको छ ।

आज भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो । थाइल्याण्डको बैककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय २६ रन बनायो । बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन भने सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुवीना क्षेत्रीले नेपालको पारीलाई अगाडी बढाउन कोसीस गर्दा नेरी मात्र ६ रनमा रन आउट भइन् । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुवीना क्षेत्रीले अविजीत ३३ रनको योगदान गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);