आईसीसी टि–२० विश्वकप छनोट : नेपालद्वारा भुटानलाई १५१ रनकाे लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आईसीसी टि–२० विश्वकप छनोट : नेपालद्वारा भुटानलाई १५१ रनकाे लक्ष्य

nepal vs thailand

काठमाडौं, २३ असोज । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटमा नेपालले भुटानलाई एक सय ५१ रनको लक्ष्य दिएको छ ।

युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । तुलनात्मक रुपमा कमजोर टिम भुटान विरुद्धसुरुवात भने राम्रो गर्न सकेन ।

ज्ञानेन्द्र मल्लको स्थानमा प्रदिप ऐरीलाई टिममा राखेको नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो । ओपनरका रुपमा आएका विनोद भण्डारी खाता खोल्न नपाउदै आउट भए । त्यसपछि दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरी विच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

भुटानमाथि हावी हुन खोजेको नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । त्यसपछि दिपेन्द्र ऐरी पनि १५ रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय २७ रनमा चौथो विकेट गुमायो । नेपालका लागि प्रदिप ऐरीले अविजीत ७५ब रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);