महिला टि-२० विश्वकप छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला टि-२० विश्वकप छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित

काठमाडौं, १० फागुन । आइसीसी महिला टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित निकालेको छ । शुक्रवार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो ।

बैंकक स्थित ट्रेड थाई मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई १७ ओभर तीन बलमा ४१ रनमै समेटियो । जवाफमा नेपालले १० ओभर ३ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

नेपालकी सिता रानामगर ६ रनमा आउट हुँदा २३ रनमा पहिलो विकेट गुमायो । प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिममा परेकी अप्सला बेगम खाता खोल्न नपाई आउट भएपछि नेपालले २३ रनमा दोस्रो विकेट गुमायो । नेपालका जितमा काजल श्रेष्ठले अविजीत १५ तथा कप्तान रुवीना क्षेत्रीले १८ रन बनाइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);