तेस्रो संस्करणको डिपिएलको उपाधि सिवाइसी अत्तरियाले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तेस्रो संस्करणको डिपिएलको उपाधि सिवाइसी अत्तरियाले जित्यो

धनगढी, ११ फागुन । धनगढीमा सम्पन्न तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा एक सय २३ रन बनाउँदै अलआउट भएको थियो । जवाफमा अत्तरियाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । १ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । यो जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);