डिपीएल : सोमवारको खेलमा रुपन्देही र सिवाइसी अत्तरिया विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डिपीएल : सोमवारको खेलमा रुपन्देही र सिवाइसी अत्तरिया विजयी

काठमाडौं, ६ फागुन । दुई संस्करणको च्याम्पियन धनगढी स्टार्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा एक खेल नजिती बाहिरिएको छ । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा धनगढी रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित भएको छ ।

धनगढीले प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो ।

रुपन्देहीले प्रस्तुत गरेको १सय ७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदा उसले ६७ रन मात्रै बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा सबै विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

यसैगरी सोमवार नै भएको अर्काे खेलमा सिवाईसी अत्तरियाले जीत निकालेको छ । जीतसंगै अत्तरिया प्लेअफमा प्रबेश गरेको छ । अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो ।

अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १सय ४८ रन बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);