चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

chelsea

काठमाडौं, ७ फागुन । चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । म्यान्चेस्टर युनाइटेडको जितमा एन्डर हेरिरा र पाउल पोग्बाले गोल गरे । म्यान्चेस्टर युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो । हेरिराले खेलको ३१औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ४५औं मिनेटमा पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई २–० गोलको अग्रता दिलाउन सफल भए । पहिलो हाफमा २–० गोलले अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । म्यान्चेस्टर युनाइटेड विरुद्ध अधिकांश समय बल नियन्त्रणमा राखेको चेल्सीले गोल गर्न भने सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);