म्यानचेस्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

म्यानचेस्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफएक कप फुटबलको क्वाटरफाइनलमा, ब्ल्याकबर्न रोवर्स २–१ ले पराजित, म्यानयुले सेमिफाइनल प्रवेशका लागि चेल्सीको सामना गर्ने

म्यानचेस्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफएक कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ ।

आइतबार राति भएको पाँचौं चरणको खेलमा ब्ल्याकबर्न रोवर्सलाई २–१ ले हराएर म्यानचेस्टर युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा मार्कश रासफोर्ड र जाल्टन इब्राहिमोविचले गोल गरे ।

१७ औं मिनेटमा ड्यानी ग्रहमको गोलबाट ब्ल्याकबर्नले अग्रता लिएको थियो । तर २७ औं मिनेटमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरीमा रोकिएको युनाइटेडलाई जिताउन बेन्चमा रहेको इब्राहिमोविच सबसिच्युडको रुपमा दोस्रो हाफमा मैदान छिरेर ७५ औं मिनेटमा विजयी गोल गरे ।

पउल पोग्बाको सहयोगमा गोल गर्दै इब्राहिमोविचले जित दिलाउँदै क्वाटरफाइनलमा इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँगको भेट पक्का गरेका हुन् ।

यो खेलमा ब्ल्याकबर्नका स्ट्राइकर एन्थोनी स्टोकस्ले गोल गरेका थिए । तर त्यो गोल अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);