म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी , ३० फागुन । सेभिल्लासँग २–१ गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरीएको छ । गएराति आफ्नै घरेलु मैदान वल्ड ट्राफोडमा भएको खेलमा म्यानुले जित निकाल्न नसक्दा युरोपको सबैभन्दा प्रतिष्ठित फुलबल लिगबाट बाहिरिएको हो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाउने क्रममा सेभिल्लाका बेन इदेरले दुई गोल गरे । ७४ औं मिनेटमा सब्सिच्यूट खेलाडी बेन इदेरले सेभियाका लागि पहिलो गोल गरे । उनले मैदान प्रवेश गरेको दुई मिनेटमा नै म्यानचेस्टर युनाइटेडको पोष्टमा गोल गरेका हुन् । त्यसको चार मिनेटमा नै पुनः इदेरले गोल गर्दै सेभियालाई २–० को स्थानमा पुर्याए ।

घरेलु दर्शक माझ दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ८४ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । युनाइटेडका लागि रोमेलु लुकाकुले गोल गरेका थिए । तर त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो । यी दुईटिम बिचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);