म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी २–१ ले पराजित

एजेन्सी, १४ फागुन । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित दर्ता गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले विजयी भएको छ ।

एक गोलले पछि परेको अवस्था उल्टाएर म्यानचेस्टर युनाइटेडलाई जित दिलाउने क्रममा रोमेलु लुकाकु र जेसे लिंगार्डले गोल गरे । लुकाकुले ३९ र लेंगार्डले ७५ औं मिनेटमा गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेडले ७५ हजार घरेलु दर्शकलाई खुशी तुल्याएको खेलमा चेल्सीले ३२ औं मिनेटमा अग्रता लिएको थियो ।

३२ औं मिनेटमा विलियनले गोल गरे पनि म्यानचेस्टर युनाइटेडलाई रोक्न नसक्दा चेल्सीले हार सहनुपरेको हो । हारसँगै चेल्सी पाँचौं स्थानमा ओर्लिएको छ भने म्यानचेस्टर युनाइटेड ५९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा टोटेनह्यामले क्रिस्टल प्यालेसमाथि १–० को जित दर्ता गरेको छ । क्रिस्टल प्यालेसमाथिको जितसँगै टोटेनह्याम ५५ अंकसहित चौंथो स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);