शीतकालीन ओलिम्पिक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शीतकालीन ओलिम्पिक सम्पन्न

एजेन्सी, १४ फागुन । दक्षिण कोरियाको प्योङचाङमा आयोजना भएको शीतकालीन ओलिम्पिक सम्पन्न भएको छ । ओलिम्पिक रंगशालामा खेलाडी तथा खेलप्रेमीले झिलिमिली समापन समारोह हेरेका थिए ।

१६ दिनसम्म चलेको ओलम्पिकमा नर्वेले सबैभन्दा बढी पदक हासिल गरेको छ । नर्वेले अन्तिम प्रतिस्पर्धामा जर्मनीलाई उछिनेको हो । स्की खेलाडी मारित बोएर्गनले ओलिम्पिक खेलको आफ्नो आठौं स्वर्ण पदक जितेकी छिन् । उनी शीतकालीन ओलिम्पिकको इतिहासमैं सबैभन्दा धेरै पदक जित्न सफल खेलाडी बनेकी छिन् ।

समापनका अवसरमा प्योङचाङको ओलम्पिक रंगशालामा भव्य समारोह गरिएको थियो । प्योङचाङ ओलिम्पिक्स्को समापन कार्यक्रममा अमेरिकी राष्ट्रपतिकी छोरी इभान्का र उत्तर कोरियाका प्रतिनिधिहरू सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);