१८ औँ एसियाडको जाकार्तामा भव्य समारोहबीच उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१८ औँ एसियाडको जाकार्तामा भव्य समारोहबीच उद्घाटन

काठमाडौं, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव शनिबारबाट सुरु भएको छ । इण्डोनेसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एशियाली खेलकुदको भब्य समारोहकाबीच उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जनाले सहभागिता जनाए । एशियाडमा ४५ देशका ११ हजार पाँच सय खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

इण्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८ सय ७९ खेलाडी सहभागीता जनाएको छ । त्यस्तै थाइल्यान्डले ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारतका ५ सय ७२ खेलाडी सहभागी छन् ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुनेछन् । पुरुष १ सय २९ र महिला ५६ खेलाडीले उपाधिका लागि भिड्ने छन् ।

नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ । दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);