१३ औं साग लक्षित बन्द प्रशिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

१३ औं साग लक्षित बन्द प्रशिक्षण सुरु

SAG games 2019

काठमाडौं, १६ साउन । १३ औं दक्षिण एशियाली खेलकुद साग लक्षित बन्द प्रशिक्षण बिहिवार देखि शुरु भएको छ । आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको एकिन तथ्यांक आईनसक्ने तर मोटामोटी १ हजार देखि १५ सय जना खेलाडी प्रशिक्षणमा हुने राष्ट्रिय खेलकूद परिषदले जनाएको छ । केही खेलका खेलाडीहरुलाई देश भित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा पनि पठाइएको जनाइएको छ ।

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यसमा ३ सय ३० पुरुष र ३ सय १४ महिला खेलाडी हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);