१३ औं सागका लागि नेपाली पौडी खेलाडी प्रशिक्षणमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

१३ औं सागका लागि नेपाली पौडी खेलाडी प्रशिक्षणमा व्यस्त

nepal swimming

 रामनिवास यादव
काठमाडौं, २८ असोज । अगामी मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि नेपाली पौडी खेलाडीले भारतीय प्रशिक्षक सतिस सुरीबाट प्रशिक्षण लिइरहेका छन् । बिदेशी प्रशिक्षकबाट प्रशिक्षण पाउँदा खेलाडीहरु पनि उत्साहित भएका छन् ।

मंसिरमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदको मिति नजिकिदै जाँदा अहिले खेलाडीहरु बिहान र बेलुकै प्रशिक्षणमा व्यस्त छन् । खेलाडीहरुलाई थप नयाँ प्रविधिक पक्षमा पनि दक्ष बनाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदले भारतीय प्रशिक्षक सतिस सुरीलाइ जिम्मा दिएर बिहिबारबाटै प्रशिक्षणलाइ तीव्रता दिएको छ ।

पौडीका खेलाडीहरुले प्रशिक्षणको अभाबमा नँया प्राविधिक समस्या झेल्दै आएका थिए । तर अहिले भने नँया प्रशिक्षक पाएपछि खेलाडीहरु उत्साहित भएका छन् । पौडीका खेलाडीहरु अहिले सानेपा स्थित पौडी पोखरीमा बिहान र बेलुका प्रशिक्षणमा व्यस्त छन् ।

यस्तो कठिन खेलको अभ्यासको लागि बिहान र बेलुका आउदा चिसोको समय भएकोले प्रशिक्षणमा समस्या हुने गरेको खेलाडी नितिश मानन्धरको गुनासो छ । चिसो भए पनि अभ्यासको लागि बिहान बेलुका आउने गरेको मानन्धरको भनाई छ ।

बिदेशी प्रशिक्षबाट प्रशिक्षण पाउदा खेलाडीहरु उत्साहित भई अभ्यासमा लागि परेका छन् । यसपालि नेपाललाइ पौडीमा पदक दिलाउनका लागि नै बिदेशी प्रशिक्षक बोलाइएको हो ।

बिदेशी प्रशिक्षकको अनुभव अन्तर्राष्ट्रिय प्रशिक्षण शैलीबाट खेलाडीमा आत्म विश्वास बढेको र उर्जा थपिएको नेपाली पौडी प्रशिक्षक सानु भाई पौडेलको विश्वास छ । विदेशी प्रशिक्षकबाट नयाँ शैलीहरु सिक्ने तथा प्रशिक्षकले पनि प्रशिक्षणको बारेमा ज्ञान हासिल गर्ने प्रशिक्षक पौडेलको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);