राष्ट्रिय टिमको कप्तान पद छाड्ने पारसको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय टिमको कप्तान पद छाड्ने पारसको घोषणा

parash-khadka

काठमाडौं, २८ असोज । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् । कप्तान पारसले क्यान निलम्बन फुकुवा हुँदा निकै खुसी लागेको बताउँदै आफुले कप्तानी पद छाडेको विज्ञप्तिमा जनाएका छन् ।

सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिमबाट खेल्न थालेका पारस सन् २ हजार ९ देखि कप्तान भएका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);