नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन

काठमाडौं, १३ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् ।पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हो । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए ।

क्यानका सचिव अशोक नाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको बताए । कप्तान पारसको राजीनामापछि अर्काे निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको हो ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिजमा नेपाल ज्ञानेन्द्रको कप्तानीमा मैदान उत्रने छ । पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए ।

तर, उनले आइतबार मात्र क्यानलाई औपचारिक रुपमा राजीनामा पत्र बुझाएका हुन् । यसअघि ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा पनि कप्तानी सम्हाल्दै आएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);