बी एण्ड आर कप लागि नेपाली यू—१९ टिम घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

बी एण्ड आर कप लागि नेपाली यू—१९ टिम घोषणा

CAN nepal

काठमाडौं, १३ कात्तिक । बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू—१९ टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाली यू—१९ टिममा डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् । आगामि ११ नोभेम्बरबाट चिनको सांघाईमा सुरुहुने प्रतियोगितामा साउदी अरेविया,थाइल्याण्ड, मलेसिया, म्यानमार र घरेलु टोली चीन सहभागी छन् । नेपालको पहिलो खेल थाइल्याण्डसंग हुनेछ ।

ताजा समाचार