यमनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

यमनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

एएफसी एसियन कप छनोट  –

काठमाडौं, ६ चैत । एएफसी एसियन कप छनोट अन्तर्गत यमनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबलसंघ एन्फाले मंगलबार २० सदस्यीय टोलीको घोषणा गरेको हो । प्रशिक्षक ग्यातुको कोजु, राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धर सम्मलित टोलीले खेलाडी छनोट गरेको हो ।

फिलिपिन्सविरुद्धको खेलमा रहेका २३ मध्ये १६ खेलाडी यथावत रहँदा अन्य ४ जनाले टोलीमा स्थान बनाएका छन् । टोलीमा गोल किपर किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने रहेका छन् भने डिफेन्डरमा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, दीनेश राजवंशी, देवेन्द्र तामाङ र आदित्य चौधरी छानिएका छन् ।

मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, हेमन्त थापा मगर, सुनिल बल र स्ट्राइकरमा, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा रहेका छन् ।

प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेतले स्थान बनाउन सकेनन् । दोहोरो पहेंलो कार्डको कारण भरत खवासले टोलीमा स्थान बनाउन सकेनन् । चोटका कारण विक्रम लामा पनि टिम बाहिर छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);