अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा

काठमाडौं । युवा स्ट्राइकर अभिषेक रिजाल, दर्शन गुरुङ, मनिष डांगी र आयुष घलानलाई समावेश गर्दै अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू–२३ टोली घोषणा गरेको छ । 

आगामी ८ कात्तिकबाट सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान पुग्ने टोलीमा अभिषेक, मनिष, दर्शन र आयुषसँगै ११ राष्ट्रिय टोलीका सदस्य समावेश गरि प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । 

नेपाली टोली छनोट खेल खेल्ने ३ कात्तिक (मंगलबार) आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । प्रशिक्षक बाल गोपाललेले यसअघिको ३२ खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । 

उनले घोषणा गरेको टोलीमा ११  खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । गत शनिबार समापन भएको साफ खेल्ने टोलीबाट यू–२३ टोलीमा ६ खेलाडी छन् । ६ खेलाडी आइतबार मात्रै माल्दिभ्सबाट नेपाल आइपुग्नेछन् । 

हाल मनिष र आयुषसँगै सुरज जिउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल राष्ट्रिय टोलीमा छन् । अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक बिष्ट भने हालको टोलीबाट बाहिर छन् । विशालबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्युसमेत गरिसकेका छन् । 

यसअघि पहिलो चरणमा प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए ।

अन्तिम छनोटमा भने उनले गोलरक्षक रोहित कार्की, डिफेण्डरहरु अशिम भुषाल, बिशाल बस्नेत, विश्वास उदास, रोमन लिम्बु, आदिल हमिद र मिडफिल्डर दिनेश गुरुङ, अशोक थापा तथा बुद्ध बल तामाङ बाहिर राखेका हुन् । 

एएफसी छनोटको समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ । 

बाहिरिने खेलाडी 

गोलरक्षक – रोहित कार्की

डिफेण्डर – अशिम भुसाल, विशाल बस्नेत, विश्वास उदास, , रोमन लिम्बु, आदिल हमिद 

मिडफिल्डर – दिनेश गुरुङ, अशोक थापा

स्ट्राइकर – बुद्ध बल तामाङ

नेपाली ३२ टोली 

गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिब गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु,

मिडफिल्डर – नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर – रितिक कुमार खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिब लोप्चान

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);