साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । 

‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भने ।  शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो । उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ ।

Leave a Reply