आईसीसीद्वारा बंगलादेशका खेलाडी शकिब अल हसनमाथि २ वर्षको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आईसीसीद्वारा बंगलादेशका खेलाडी शकिब अल हसनमाथि २ वर्षको प्रतिबन्ध

sakib

एजेन्सी, १३ कात्तिक । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको अभियोगमा बंगलादेशका क्रिकेट खेलाडी शकिब अल हसनलाई सबैखाले क्रिकेटमा २ वर्षको प्रतिबन्ध गरेको छ । आईसीसीको एन्टी करप्सन युनिटको अनुसन्धानमा दोषी प्रमाणित भएपछि शकिबमाथि उक्त प्रतिबन्ध लागेको हो ।

शकिबले एन्टी करप्सन संहिताको तीन मुख्य नियम उलंघन गरेको आईसीसीले जनाएको छ । शकिबले विभिन्न खेलमा खेल सट्टेबाजीका लागि आएको प्रस्तावको रिपोर्ट आईसीसीलाई नदिएको आरोप लागेको छ । सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिगको विभिन्न खेलमा बेटिङको सूचना पाएपनि हसनले रिपोर्ट नगरेको बताईएको छ । ३२ वर्षीय शकिब एकदिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । उनले बंगलादेशका लागि ३ सय ३८ खेल खेलेका छन् । शकिबले आफुलाई लागेको आरोप स्वीकार गर्दै आईसीसीको प्रतिबन्धलाई पूर्ण रुपमा पालना गर्ने बताए ।शकिबको प्रतिबन्ध सन् २०२० को अक्टोबर २९ मा फुकुवा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);