बंगलादेश १ सय ५५ रनको अन्तरले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेश १ सय ५५ रनको अन्तरले विजयी

एजेन्सी । जिम्बावेविरुद्धको ३ मध्ये पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशले फराकिलो जित निकालेको छ ।

जिम्मबाबेको हरारेमा शुक्रबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ५५ रनले हराएको छ । बंगलादेशले दिएको २ सय ७७ रनको लक्ष्य पच्छ्याएको जिम्बावेले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २१ रन मात्र बनायो ।

जिम्बावेका लागि रेगिस चाकबभाले ५४ र कप्तान ब्रेण्डन टेलरले २४ रन बनाए । जिम्बावेलाई सस्तैमा समेट्न शकिब अल हसन एक्लैले ५ विकेट लिए । हसन एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत बने ।

उनले २ सय १३ एकदिवसीयमा २ सय ७४ विकेट लिएका छन् । यो खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

बंगलादेशका लागि लिटोन दासले १ सय २ , अफिफ होसेनले ४५ र महमुदउल्लाहले ३३ रन बनाए । जिम्बावेका लुकले ३ विकेट लिए । जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);