जिम्बावेविरुद्धको टी-२० क्रिकेटमा बंगलादेशको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जिम्बावेविरुद्धको टी-२० क्रिकेटमा बंगलादेशको जित

bangladesh vs zimbabwe

एजेन्सी , २७ फागुन । जिम्बावेविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले जित निकालेको छ । सोमबार ढाकामा भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको हो ।

बंगलादेशले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे १९ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो । जिम्बावेका तिनासी स्टेफेनले सर्वा्धिक २८ रन जोडे । कार्ल मुम्बाले २५ रन बनाए ।

यस्तै कप्तान सिन विलियम्स, रिचमोन्ड मुतुम्बामी र डोनाल्ड टिरिपानोले समान २०÷२० रन जोडे । बंगलादेशका इमुनुल इस्लाम र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो । बंगलादेशका लागि सौम्य सरकारले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै तमिम इकबालले ४१ रन जोड्दा मुस्फिकर रहिमले १७ रन बनाए । कप्तान ममुदउल्लाह १४ रनमा अविजित रहे ।

जिम्बावेका सिकन्दर राजा, क्रिस एमपुफु र वेस्ली माधिभेरेले एक-एक विकेट लिए । जितसँगै बंगलादेशले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);