एस्टन भिल्लाविरुद्ध लेस्टरको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

एस्टन भिल्लाविरुद्ध लेस्टरको सहज जित

leicester vs aston villa

एजेन्सी , २७ फागुन । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमको जितमा हार्बी बार्नेस र जेमी भार्डीले २–२ गोल गरे । बार्नेसले गोल गर्दै पहिलो हाफअघि लेस्टरलाई एक गोलको अग्रता दिलाए । ५९ औं मिनेटमा सब्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका भार्डीले ६३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।

७९औं मिनेटमा भार्डीेले अर्को गोल गर्दै लेस्टरको अग्रता ३–० मा लम्ब्याए भने ८५ औं मिनेटमा बार्नेले मार्क अल्ब्राइटनको क्रसमा गोल गर्दै लेस्टरलाई शानदार जित दिलाए । जितसँगै लेस्टरले तेस्रो स्थानको पकड मजबुत बनाएको छ । लेस्टरले चौथो स्थानको चेल्सीविरुद्ध पाँच अंकको अग्रता लिएको छ भने दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरी चार अंकमा छोट्याएको छ ।

पराजयसँगै एस्टन भिल्ला रेलिगेसन जोनमै अड्किएको छ । २५ अंकसहित भिल्ला १९ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);