प्रिमियर लिग : लेस्टर सिटीसँग लिड्स युनाईटेड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रिमियर लिग : लेस्टर सिटीसँग लिड्स युनाईटेड पराजित

एजेन्सी, १८ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ । सोमबार राति घरेलु टोली लिड्स युनाईटेडमाथि लेस्टरले ४–१ गोल अन्तरको जित निकालेको हो ।

लेस्टरको जितमा यूरी टाइलेमेनले दुई तथा जेमी भार्डी र हार्वे बार्न्सले एक–एक गोल गरे । दोस्रो मिनेटमा बार्न्सको गोलमा लेस्टरले खेलमा अग्रता बनाएको थियो ।

त्यस्तै टाइलेमेनले २१ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाउने काम गरे । ५० औं मिनेटमा घरेलु टोलीका स्टुअर्ट डलासले खेल २–१ को स्थितीमा ल्याएका थिए ।

भार्डीले ७६ औं मिनेटमा लेस्टरका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै टाइलेमेनले लेस्टरलाई ४–१ को शानदार जित दिलाए ।

जितसँगै लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार चार खेलमा जित निकाल्दै लेस्टरले ७ खेलबाट १५ अंक जोडेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);