प्रिमियर लिग : लिड्सविरुद्ध टोटेनहमको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रिमियर लिग : लिड्सविरुद्ध टोटेनहमको सहज जित

एजेन्सी, १९ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लिड्स युनाईटेडविरुद्ध सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले लिड्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक÷एक गोल गरे । पहिलो हाफको २९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा सनले गोल गर्दा टोटेनहम पहिलो हाफमा २–० ले अघि रह्यो ।

त्यसपछि खेलको ५० औं मिनेटमा टोबीले गोल गर्दै घरेलु टोलीलाई ३–० को जित दिलाए । टोटेनहमको मैदानमा बल पोजिसनमा पकड जमाएपनि लिड्सले गोल भने गर्न सकेन ।

घरेलु मैदानको जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ भने पराजित भएको लिड्स २३ अंकसहित ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);