प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको जित

एजेन्सी, ६ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । आईतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २–० गोल अन्तरले टोटेनहमलाई पराजित गरेको हो ।

पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए ।

जित सहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने टोटेनहम २५ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);