लुईसको गोलमा नर्विचसँग लेस्टर स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लुईसको गोलमा नर्विचसँग लेस्टर स्तब्ध

norwich vs leicester

एजेन्सी , १७ फागुन । इंग्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ७० औ मिनेटमा जामल लुईसको गोल पाहुना टोली लेस्टरलाई स्तब्ध बनाउन पर्याप्त रह्यो । लेस्टर सबै प्रतियोगितामा पछिल्ला पाँच खेलमा जित विहिन छ ।

तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको छ । लेस्टर ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । उसले चौथो स्थानको चेल्सीसंग ६ अंकको अग्रता लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);