लेस्टरलाई न्यु क्यासल युनाइटेडले ४–२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लेस्टरलाई न्यु क्यासल युनाइटेडले ४–२ गोल अन्तरले पराजित

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको लेस्टर सिटी पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा लेस्टर न्यु क्यासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो । लेस्टरको मैदानमा पाहुना टोली न्यु क्यासलका कलुम विलसनले २ तथा जोसेफ विलओक र पौल डुमेटले १–१ गोल गरे ।

खेलको ७३ औं मिनेटसम्म ४ गोलले पछि परेको लेस्टरका लागि मार्स अलब्रिटनमा र केलिची इनह्यान्चाले १–१ गो फर्काए । यो नतिजासँगै लेस्टर ६३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने न्यु क्यासल ३९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

इंग्लिस प्रिमियर लिगमा ३४ खेलबाट ८० अंक जोडेर म्यान्चेस्टर सिटी उपाधि नजिक पुगिसकेको छ । ३३ खेलमा ६७ अ्रकबाट म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ । चेल्सी चौथो र वेष्टह्याम पाचौं स्थानमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);