नजिकिंदै गएको टोकियो ओलम्पिक खेल रद्द गर्न जापानमा विरोध सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

नजिकिंदै गएको टोकियो ओलम्पिक खेल रद्द गर्न जापानमा विरोध सुरु

एजेन्सी। आउँदो जुलाई २३ बाट जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिक रद्द गर्न जापानमा हस्ताक्षर संकलन शुरु भएको छ । कोरोना माहामारीका कारण एक बर्ष स्थगित भएर यहि बर्षको जुलाई २३ बाट अगष्ट ८ तारिखसम्मका लागि तय भएको ओलम्पिक रद्द गर्न जापानमा हस्ताक्षर संकलन शुरु भएको हो ।

ओलम्पिक रद्द गराउन उत्रिएका अभियानकर्ताहरुले अनलाईन हस्ताक्षर अभियान सुरु गरेका छन् । अभियानकर्ताहरुले विरोधपत्र ओलम्पिक आयोजनासँग सम्बन्धित सबैलाई बुझाईसकेका छन् । अभियानकर्ताहरुले कोरोनाको असर अझैपनि जारी रहेको र प्रतियोगिता सुरक्षित नहुने तर्क राख्दै आयोजना रद्द गर्न दवाव दिएका छन् ।

ओलम्पिक रद्द अभियान सुरुभएको दुई दिनमै दुई लाख भन्दा बढि जापानीहरुले हस्ताक्षर गरेका छन । ओलम्पिकका विरुध्दमा संकलित उक्त हस्ताक्षर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी), जापानी प्रधानमन्त्री योशिहिदो सुगा र प्रतियोगितासँग सम्बन्धित सबै संस्था र पदाधिकारीलाई बुझाउने छन् ।

आइओसी र जापान सरकारले भने तोकेकै मितीमा ओलम्पिक हुने बताउँदै आएका छन् । एक सय २४ बर्षको इतिहासमा कारोनाका कारण गत बर्ष बाहेक ओलम्पिक तीन पटक स्थगित भएकोछ । यसअघि १९ सय १६को बर्लिन ओलम्पिक , १९ सय४०को टोकियो ओलम्पिक र १९ सय ४४को र लण्डन ओलम्पिक रद्द भएको थियो ।

Leave a Reply