किन लयहिन बन्यो लेस्टर, बर्नलीले कसरी हरायो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

किन लयहिन बन्यो लेस्टर, बर्नलीले कसरी हरायो ?

इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर सिटी लगातार तेस्रो खेलमा पनि पराजित, बर्नलीसँग १–० ले विजयी, हारसँगै लेस्टर अंक तालिकाको १६ औं स्थानमा

किन लयहिन बन्यो लेस्टर

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर सिटी फेरि पराजित भएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटील बर्नलीसँग १–० ले पराजित भएको हो ।

बर्नलीको जितमा ८७ औं मिनेटमा साम वोक्सले गरेको गोल निर्णायक बन्यो । लेस्टर सिटीले यो सिजन प्रिमियर लिगमा अहिलेसम्म अवे खेलमा जित निकाल्न सकेको छैन ।

लिगमा लेस्टर सिटीको यो लगातार तेस्रो हार हो । हारपछि २३ खेलबाट २१ अंकसहित लेस्टर सिटी १६ औं स्थानमा पुगेको छ । २९ अंकसहित बर्नली नवौं स्थानमा छ ।

राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई २–० तथा स्वान्सी सिटीले साउथह्यामप्टनलाई २–१ ले हरायो । मिडल्सबर्ग र वेष्ट ब्रोमले १–१ को बराबरी खेले ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);