क्लाउडियो बर्खास्तीपछि लेस्टरको लगातार जित, रेलिगेसनको भने डर कायमै | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

क्लाउडियो बर्खास्तीपछि लेस्टरको लगातार जित, रेलिगेसनको भने डर कायमै

मुख्य प्रशिक्षक क्लाउडियोको बर्खास्ती पछि इंग्लिस प्रमियर लिगमा लेस्टर सिटीको लगातार दोस्रो जित, हल सिटी ३–१ ले पराजित

क्लाउडियो बर्खास्तीपछि लेस्टरको लगातार जित

काठमाडौं । मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा लेस्टर सिटीले लगातार जित दर्ता गरेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता लेस्टरले हल सिटीलार्य ३–१ ले हरायो ।

लेस्टरले कार्यबहाक प्रशिक्षक क्रेग शेक्सपिएरको प्रशिक्षणमा खेलका लगातार दोस्रो खेलमा यो दोस्रो जित हो । क्रिष्टियन फुच्स र रियाद महरेजले गोल गरे । हल सिटीका टम हड्डल्सटनले आत्मघाती गोल गरे ।

खेलमा अग्रता भने हल सिटीले लिएको थियो । १४ औं मिनेटमा साम क्लुकसले गोल गर्दै हल सिटीलाई अग्रता दिलाए । २७ औं मिनेटमा फुच्सले लेस्टरका लागि बराबरी गोल गरे ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५९ औं मिनेटमा महरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । गएको वर्षका पिएफए प्लेअर अफ दि एयर महरेजले गएको नोभेम्बर यता लिगमा गरेको यो पहिलो गोल हो ।

९० औं मिनेटमा हड्डल्सटनले आत्मघाती गोल गरेपछि लेस्टर ३–१ ले विजयी भयो । जितपछि लेस्टर २७ खेलबाट २७ अंकसहित १५ औं स्थानमा छ । २१ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।

 

Leave a Reply