च्याम्पियन्स लिग फुटबलमा आर्सनलको लज्जास्पद हार, बार्यनले बनायो इतिहास | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

च्याम्पियन्स लिग फुटबलमा आर्सनलको लज्जास्पद हार, बार्यनले बनायो इतिहास

जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा, अन्तिम १६ को दोस्रो लेगमा पनि आर्सनल ५–१ ले पराजित

च्याम्पियन्स लिग फुटबलमा आर्सनलको लज्जास्पद हार

 काठमाडौं । जर्मन बुन्डेस लिगा क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब आर्सनलमाथि शानदार जित दर्ता गर्दै बार्यन म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा जस्तै दोस्रो लेगमा पनि ५–१ को जित निकाल्दै समग्रमा १०–२ को जितसहित बार्यन म्युनिखले अन्तिम ८ मा स्थान बनाएको हो ।

आर्सनलको मैदानमा भएको खेलमा सुरुवाति अग्रता भने घरेलु टोलीले नै लिएको थियो । २० औं मिनेटमा थियो वालकोटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर दोस्रो हाफ उसका लागि घातक बन्यो ।

५४ औं मिनेटमा लोरेन्ट कोरिएल्नी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसपछि बार्यन म्युनिखले पाँच गोल ग¥यो ।

बार्यनका लागि अटुरो भिडालले दुई तथा रोबर्ट लेवान्डोस्की, आर्जेन रोबिन र डुग्लस कोस्टाले एक एक गोल गरे । योसँगै आर्सनल लगातार सातौं सिजन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

समग्रमा १०–२ को हार इंग्लिस क्लबले च्याम्पियन्स लिगमा बेहोरेको अहिलेसम्मकै खराब हार हो । सन् १९९८ पछि आर्सनलले घरेलु मैदानमा बेहोरेको यो सबै भन्दा ठूलो हार हो ।

आर्सनल सन् १९९८ मा लिग कपमा चेल्सीसँग घरेलु मैदानमा ५–० ले हारेको थियो । च्याम्पियन्स लिगको इतिहासमा यो समग्रमा अहिलेसम्मकै दोस्रो फराकिलो अन्तरको हार हो ।

यसअघि सन् २००९ मा बार्यन म्युनिखले नै स्पोर्टिङ लिस्बोनलाई समग्रमा १२–१ ले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);