बार्यन म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बार्यन म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी, ११ मंसिर । जर्मनीको बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेको छ ।

समूह ए अन्तर्गत बिहीबार राती भएको खेलमा साविक विजेता म्युनिखले अष्ट्रियाको साल्जबर्गलाई ३–१ गोल अन्तरबाट हराउदै १२ अंक जोडेर नक आउट चरणमा स्थान बनाएको हो । बार्यनका लागि रोबटै लेवान्डोस्की,किंग्सले कोमन र लोरी सानेले १–१ गोल गरे ।

यसैगरी समूह ‘बी’मा स्पेनको रियल म्याड्रिडले इटालीको इन्टर मिलानलाई २ –० गोल अन्तरले हराएर अन्तिम १६ मा पुग्ने संभावना बलियो बनाएको छ । रियलका लागि इडेन हाजार्डले एक गोल गरेभने असरफ हाकिमीले आत्मघाती गोल गरे ।

जितसंगै १३ पल्टको विजेता रियलम्याड्रिड ७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ शीर्ष स्थानको जर्मन क्लब बोरुसिया मोन्चेलग्लाडबाचको १ अंक बढी छ ।

समूह ‘डी’मा इंग्ल्याण्डको लिभरपुल भने इटालीको एटलान्टासंग २–० गोल अन्तरले हारेको छ । घरेलु मैदानमा एटलान्टासंग हारेपछि लिभरपुलले अन्तिम १६ मा स्थान बनाउन अर्काे खेल कुर्नु पर्ने भएको छ । यो समूहमा ४ खेलबाट ९ अंक संगै लिभरपुल पहिलो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);