जर्मन बुन्डेस लिगामा लिडर बार्यन म्युनिखद्वारा शानदार जित, ह्यामबर्ग ८–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

जर्मन बुन्डेस लिगामा लिडर बार्यन म्युनिखद्वारा शानदार जित, ह्यामबर्ग ८–० ले पराजित

जर्मन बुन्डेस लिगा लिडर बार्यन म्युनिखले लिग अन्तर्गत भएको खेलमा शानदार जित दर्ता गरेको छ ।

जर्मन बुन्डेस लिगामा लिडर बार्यन म्युनिखद्वारा शानदार जित

काठमाण्डौ । जर्मन बुन्डेस लिगा लिडर बार्यन म्युनिखले लिग अन्तर्गत भएको खेलमा शानदार जित दर्ता गरेको छ ।

शनिबार राति लिग लिडर बार्यन म्युनिखले ह्यामबर्गलाई ८–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखलाई प्रभावशाली जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।

यस्तै किङ्गस्ले कोमानले दुई तथा अटुरो भिडाल, डेविड अलाबा र आर्जेन रोबिनले एक एक गोल गरे । भिडालले १७ औं मिनेटमा तथा लेवान्डोस्किले २४ र ४२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा बार्यनले ३–० को अग्रता लियो ।

 

 

दोस्रो हाफमा बार्यनले थप पाँच गोल र्गयो । लेवान्डोस्कीले ५४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसको दुई मिनेटपछि अलाबाले गोल गरेपछि बार्यनको अग्रता ५–० मा पुग्यो । कोमानले ६५ र ६९ औं मिनेटमा गोल गर्दै बार्यनलाई ७–० को अग्रता दिलाए ।

 

८७ औं मिनेटमा रोबिनले बार्यनका लागि आठौं गोल गर्दै ८–० को जित दिलाए । जितपछि बार्यनको २२ खेलबाट ५३ अंक भएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि