बार्यनद्धारा एट्लेटिको मड्रिड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बार्यनद्धारा एट्लेटिको मड्रिड पराजित

एजेन्सी, ६ कार्तिक । साविक विजेता बार्यन म्युनिखले उपाधि रक्षाको अभियान जितका साथ गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले एट्लेटिको मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बार्यनले खेलको २७ औं मिनेटमा अग्रता बनायो ।

उसका लागि जोस्वा किमिचको पासमा किंग्स्ले कोमनले गोल गर्न सफल भए । त्यसपछि ४० औं मिनेटमा बार्यनले दोस्रो गोल थप्यो । किंग्स्ले कोमनको पासमा लियोन गोरेज्काले गोल गर्न सफल भए ।

त्यसपछि खेलको ४४ औं मिनेटमा बार्यनले अर्को अवसर पाएको थियो । तर रोबर्ट लेवान्दोस्कीको हेडर प्रयासपनि फ्रेममा रहन सकेन । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनविरुद्ध दोस्रो हाफको ६६ औं मिनेटमा बार्यनले एट्लेटिकोको पोष्टमा तेस्रो गोल गर्यो ।

यसपटक उसका लागि टोलिसोले गोल गर्न सफल भए । त्यसपछि ७२ औं मिनेटमा कोमनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । जसका कारण जर्मन जाइन्ट बार्यनले खेलमा चार शुन्यको अग्रता बनायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);