ब्रेन्टफोर्डलाई पराजित गर्दै फुलहम प्रिमियर लिगमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ब्रेन्टफोर्डलाई पराजित गर्दै फुलहम प्रिमियर लिगमा बढुवा

काठमाडौं, २१ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा फुल्ह्यामले जित निकालेको छ । मंगलबार राति भएको दोस्रो डिभिजनको फाइनल खेलमा ब्रेन्टफोर्डलाई अतिरीक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै फुल्ह्याम जित निकालेको हो ।

जितसँगै फुल्ह्याम शिर्ष डिभिजनमा उक्लन सफल भएको छ । वेम्ले रंगशालामा भएको खेलमा निर्धारीत ९० मिनेटमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेल अतिरीक्त समयमा पुगेपछि एक सय पाँचौ मिनेटमा फुल्ह्हामले गोल गर्न सफल भयो ।

उसका बार्यनले डेविड रायाको फ्रिकिकमा आएको बललाई गोलमा परिणत गरे । खेलको एक सय १७ औं मिनेटमा फेरी फुल्ह्मका ब्रायनले गोल गरे । खेल सकिन तीन मिनेट बाँकी हुँदा दुई गोलले पछि परेको ब्रेन्टफोर्डले एक गोल गर्न सफल बन्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);