इंग्लिस प्रिमियर लिग : चेल्सीद्वारा बर्नली पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इंग्लिस प्रिमियर लिग : चेल्सीद्वारा बर्नली पराजित

chelsea vs burnley

एजेन्सी, १० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । गए राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे ।

यस्तै विलियमले एक गोल थपे । घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए । खेलको २१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४५ औं पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । ५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३–०गोलकोे अग्रता दिलाए । बर्नलीसँग ह्याट्रिक गरेसँगै पुलिसिच प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अमेरिकन खेलाडी बनेका छन् ।

खेलको ५८ औं मिनेटमा विलियमले गोल गर्दा चेल्सी ४–० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने कोशिस गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि घरेलु टिम ४–२ ले पराजित भयो । जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलमा २० अंक जोडेको छ । १२ अंक जोडेको बर्नली ११ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);