चेल्सीको विजयी यात्रा जारी, इपिएल उपाधिमा एक्लो होड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चेल्सीको विजयी यात्रा जारी, इपिएल उपाधिमा एक्लो होड

इंग्लिस प्रिमियर लिग लिडर चेल्सीको सात अंकको अग्रता कायमै, म्यानचेस्टर सिटी २–१ ले पराजित

चेल्सीको विजयी यात्रा जारी

काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम राखेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको हो ।

लिग लिडर चेल्सीलाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन दुवै गोल इडन हजार्डले गरे । म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । तर २६ औं मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल फर्काए ।

३५ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा चेल्सीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा सिटीले गोल गर्ने राम्रो मौका पाए पनि गर्न सकेन ।

जितपछि शीर्ष स्थानको चेल्सीको ३० खेलबाट ७२ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ६५ अंक छ । चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५८ अंक छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);