चेल्सीलाई ८ अंकको अग्रता, चेल्सीलाई पछ्याउँदै आर्सनल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चेल्सीलाई ८ अंकको अग्रता, चेल्सीलाई पछ्याउँदै आर्सनल

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीद्वारा ८ अंकको अग्रता कायम, हल सिटी २–० ले पराजित, बनर्लीलाई २–१ हराउँदै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा

चेल्सीलाई ८ अंकको अग्रता

काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले ८ अंकको अग्रता कायम गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले हल सिटीलाई २–० ले हरायो । चेल्सीको जितमा डिएको कोस्टा र ग्यारी काहिलले एक एक गोल गरे ।

फिटनेस प्रशिक्षक तथा मूख्य प्रशिक्षक एन्टोनी कोन्टेसँगको विवादका कारण कोस्टा गएको हप्ता लेस्टर सिटीसँगको खेलमा मैदानमा थिएनन् । तर घरेलु मैदानमा भएको हल सिटीसँगको खेलमा पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै कोस्टाले चेल्सीलाई १–० को अग्रता दिलाए ।

८१ औं मिनेटमा काहिलले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो । हल सिटीका रायन म्यासनको टाउकोमा चोट लागेपछि पहिलो हाफमा सात मिनेट समय थय गरिएको थियो ।

म्यासनलाई अक्सिजन माक्स लगाएर स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो । यता इन्जुरी समयमा पाएको पेनाल्टीमा एलेक्स सान्चेजले गरेको गोलबाट जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले बनर्लीलाई २–१ ले हराएको हो । १० खेलाडीमा सीमित भएको आर्सनलले श्कोड्रन मुस्ताफी र एलेक्स सान्चेजले गोल गरे । हल सिटीका लागि एन्ड्रे ग्रेले एक गोल गरे ।

६५ औं मिनेटमा ग्रानिट जाका रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि २२ खेलबाट ४७ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । शीर्ष स्थानको चेल्सीको समान २२ खेलबाट ५५ अंक छ । ४६ अंक भएको टोटनह्याम तेस्रो स्थानमा झरेको छ । राति भएको अर्को खेलमा साबिक विजेता लेस्टर सिटी साउथह्यामप्टनसँग ३–० ले पराजित भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);