एक सातापछि संसद बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एक सातापछि संसद बैठक आज बस्दै

निर्वाचनसम्बन्धी कानुन बनाउन सरकार उदासिन ७ माघ, काठमाडौँ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि कार्यसुचिमा नराखिने भएको छ ।

एक सातापछि संसद बैठक आज बस्दै

७ माघ, काठमाडौँ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि कार्यसुचिमा नराखिने भएको छ । आजको बैठकमा बोनस पाँचौं संशोधन विधेयक प्रस्तुत र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन मात्रै कार्यसूचिमा राखिने संसद सचिवालयले जनाएको छ ।

संविधान संशोधनको विषयमा दलहरुबिच सहमति जुटोस् भनेरै संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो । तर यसबिचमा दलहरुको छलफल नै हुन सकेन । सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् । सत्तारुढ दल संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पु¥याउने रणनीतिमा छन् ।

साना दललाई फकाउने प्रयास स्वरुप प्रधानमन्त्रीले बिहीबार मात्रै संसदमा एकएक सिट भएका प्रेमबहादुर सिंह र कुमार खड्कालाई सरकारमा सहभागी गराउनुभएको छ । फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याएर विधेयकको पक्षमा उभ्याउने प्रधानमन्त्रीले प्रयास गरिरहनुभएको छ । विपक्षी दल पनि आफ्नो पक्षमा रहेको मत जोगाउन लागेका छन् ।

संशोधनको विपक्षमा रहेका एमाले सहितका नौ दलसँग २०१ सांसद छन् । दलहरु संशोधन विधेयक पास र फेल गराउने रणनीतिमा लागेकाले निर्वाचनसँग सम्बन्धित विधेयक प्राथमिकतामा नपरेको हो । संघीय संसदको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्बन्धी कानुन संसदीय समितिमा अड्किएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);