सरकारको विकास केन्द्रित कार्ययोजना | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सरकारको विकास केन्द्रित कार्ययोजना

रक्षा उपाध्याय । ६ माघ, काठमाडौं । मुलुकमा यतिवेला आर्थिक विकासको विषयले बहस पाएको छ । त्यसैले पनि सरकारले विकास केन्द्रित रहेर कार्ययोजना सार्वजनिक गरेको छ । तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ नाम दिइएको कार्ययोजनामा ठूला आयोजनाहरुको कार्यान्वयन, स्वरोजगार कार्यक्रम, पुनर्निर्माण जस्ता विषयहरु उल्लेख छ ।

सरकारको विकास केन्द्रित कार्ययोजना

रक्षा उपाध्याय । ६ माघ, काठमाडौं । मुलुकमा यतिवेला आर्थिक विकासको विषयले बहस पाएको छ । त्यसैले पनि सरकारले विकास केन्द्रित रहेर कार्ययोजना सार्वजनिक गरेको छ । तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ नाम दिइएको कार्ययोजनामा ठूला आयोजनाहरुको कार्यान्वयन, स्वरोजगार कार्यक्रम, पुनर्निर्माण जस्ता विषयहरु उल्लेख छ । समृद्ध नेपालको आधार समृद्ध गाउँ नगर, समृद्ध गाउँ नगरको आधार समृद्ध समाज भन्ने नाराका साथ अर्थ मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो । १२ शीर्षक र ६३ उपशीर्षक रहेको यस कार्ययोजनामा आगामी पाँच बर्ष भित्र पुनर्निर्माणको काम पुरै सक्ने, सरकारी, नीजि र सहकारी क्षेत्रको संयुक्त प्रयासमा उत्पादन बृद्धिका कार्यक्रम अगाडि बढाइने, ठूला आयोजनाहरुको कार्यान्वयन, स्वरोजगार कार्यक्रमको विस्तार गर्ने योजना रहेका छन् । यस्तै कार्ययोजनामा तरकारी खेती कर्जा कार्यक्रम शुरु गर्ने, तरकारी खेतीलाई विस्तार गरी थप १० हजारलाई रोजगारी दिने लक्ष्य लिइएको छ । फागुन मसान्तसम्ममा सो कार्यक्रमका लागि  कर्जा प्रवाह कार्यविधि तयार गरिने अर्थ मन्त्रालयले जनाएको छ । बजेट थोरै भए पनि सहि क्षेत्रमा खर्च गर्न १० बुँदे निर्देशन दिइसकेको बताइएको छ । राजश्व संकलनमा सकारात्मक शुरूवात भएकोमा चुहावट लगायत विभिन्न समस्याको नियन्त्रण तथा आधुनिकरणमा जोड दिने अर्थमन्त्रालयले जनाएको छ । यस योजना कार्यान्वयनबाट समष्टिगत आर्थिक स्थायित्व कायम हुने, उच्च दिगो आर्थिक बृद्धिदर हासिल अर्थमन्त्री महराको विश्वास  छ । ठूला आयोजना बुढी गण्डकी जलविद्युत आयोजना, काठमाडौ तराई मधेस दु्रतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सघन शहरी विकास, स्मार्ट सिटी निर्माण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षण लगायतका ठूला आयोजनालाई सम्यन्त्र नै स्थापना गर्ने योजना रहेकोमा पुरक बजेटको पनि कुरा उठेको छ । यस्तोमा यी योजना कतिको कार्यनवयन भएर पूर्णता पाउने हो, समयले बताउँनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);